जनकपुरधाम । रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । राम र जानकीको विवाह पश्चात जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्टान भोजन गराई बिदाइ गर्ने परम्परा छ ।आज पनि जानकी मन्दिर प्रांगणमा साधुसन्तलाई मिष्टान भोजन गराई दाणदक्षिणा दिएर ससम्मान बिदाइ गरिएको छ । यसलाई रामकलेवा भन्ने गरिन्छ ।जानकी मन्दिरको प्रांगणमा हुने राम कलेवामा मिथिलाको पहिचान झल्किने सांस्कृति गीतनाद प्रस्तुत गरि हास्य व्यंग्य शैलीमा मनोरञ्जन प्रदान गरिएको छ । रामकलेवा हेर्नसमेत दर्शनार्थीहरुको घुइँचो लागेको थियो ।
यसअघि हिजो दिउँसो वैदिक परम्परा अनुसार स्वयम्बर तथा रातभर विवाहको काज चलेको थियो ।त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्शनारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव मनाइन्छ ।मंसिर २६ गते सुरु भएको सप्ताहव्यापी सीताराम विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोश्रोदिन फुलवारी लिला, तेश्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर, छैटो दिन विवाहपञ्चमी मनाइएको थियो ।आज सातौं अतर्थात अन्तिम दिन आज रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।