
नेताहरुसँगको भेटका क्रममा पूर्वराजा शाहले आफू ऐतिहासिक संसंस्थाको प्रतिनिधित्व गरिरहेको र सबैलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताएका छन् । हामी सबैले धेरै देख्यौ/बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन्’, भैरहवामा भएको सामूहिक भेटका क्रममा भएको शाहको भनाइ उधृत गर्दै नेता मिश्रले भनेका छन् । भेटमा सहभागी नेता तामाङले पूर्वराजा शाहसँग आफूहरुले लञ्च मिटिङसहित भेटवार्ता गरेको भन्दै यो नियमित भेटवार्ता भएको जनाएका छन् ।