
मन्त्री किरातीले जात जाति सम्प्रदाय र वर्गको धार्मिक भावनामा आघात पुर्याएर क्रिश्चियन धर्मको प्रचार गरेको जाहेरीमा उल्लेख गरिएको छ । यस्तै मन्त्री किरातीले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य धर्मप्रति हेय तथा भेदभाव पुर्याएकाले उनलाई पक्राउ गरी ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गराउन माग गरिएको छ ।