काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ गरिएका व्यवसायी अरुण चौधरी सहित ३ जनाको आज म्याद थप गरिँदै छ । जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।
ADVERTISEMENT

