नेपालगञ्ज असार। बढैयाताल गाउँपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत भएको १८ दिन बितिसक्दा पनि प्रतिपक्ष नेकपा एमालेको अवरोधले बजेट पारित हुन सकेको छैन ।निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठको कार्यकालमा करारमा नियुक्ति भएका कर्मचारीका विषयमा विवाद उठेपछि बजेट पारित हुन नसकेको पालिकाले जनाएको छ ।
यसअघिका पदाधिकारीले मनोमानी ढंगले दरबन्दी सिर्जना गरी नियुक्त गरेका कर्मचारी कटौती गर्नलाग्दा नीति तथा कार्यक्रम रोकिएको छ ।माओवादी केन्द्रबाट निर्वाचित पालिका अध्यक्ष हिमालय त्रिपाठीले यसअघि एमाले सत्तामा रहँदा ४० जना करारका कर्मचारी नियुक्ति गरेको, स्थायी कर्मचारीलाई हाजिर हुन नदिएको करिब १ करोड ५० लाख रुपैयाँ बेरुजु भएकोले उनीहरूलाई हटाउनु पर्ने अडान लिएपछि बजेट पारित हुन नसकेको बताए ।प्रतिपक्ष एमालेले करार कर्मचारीको नवीकरण गर्नुपर्ने दबाब दिएकोले नीति तथा कार्यक्रम पारित हुन नसकेको अध्यक्ष त्रिपाठीले आरोप लगाए ।
ADVERTISEMENT