नेपलागन्ज ६ जेठ : नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका प्रशान्त विष्ट विजयी भएकाछन् । विष्ट काँग्रेसका लोकप्रिय युवा नेता हुन् ।२०५० सालतिर विद्यार्थी राजनीतिमा संलग्न हुन थालेका प्रशान्त विष्टलाई राजनीतिको असली ‘चस्का’ त्यतिबेला लाग्यो, जब देशमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिए । एकातिर तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्वले देश आक्रान्त थियो । अर्कोतिर राजाले शासन हातमा लिएपछि उनलाई जनताको सबै अधिकारहरु खोसिएको अनुभूती भयो ।
२०६२/०६३ को आन्दोलन घोषणा भएपछि नेपालगन्जका सडकमा आएर राजाको प्रत्यक्ष शासनविरुद्ध उत्रिने हिम्मत भएका मानिसहरुको कमी थियो । त्यसबेला सडकमा देखिने केही अनुहारमध्ये एउटा परिचित अनुहार थियो, प्रशान्त विष्ट । यिनै प्रशान्तले दोस्रो जनआन्दोनलमा युवाको मोर्चा सम्हालेका थिए । जो २०७४ को स्थानीय तह निर्वाचनबाट अत्यधिक बहुमतले नेपालगन्जको मेयरमा विजयी बने ।
ADVERTISEMENT