
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले उक्त सम्मेलनमा १५० भन्दा बढी विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्हरू लगायत गरेर २३७ जनाको सहभागिता रहेको बताए ।यसअघि हिजो बुधवार धुलिखेल परिसरमा कला संकाय अन्तर्गत आर्ट एण्ड डिजाइन कार्यक्रमका विद्यार्थीले निर्माण गरेको काठमाडौँ विश्वविद्यालयका सातवटै संकायको विशेषता झल्कने ४२० फिट लम्बाइ तथा २ फिट चौडाइ भएको टेराकोटा मुरल कलाको अनावरण गरिएको थियो उक्त सम्मेलनमा दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिका र अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयका सहभागिता रहनेछ । उक्त कार्यक्रममा भारतीय विश्वविद्यालय संघका अध्यक्ष तथा विज्ञान एवं प्रौद्योगिकी विश्वविद्यालय मेघालयका उपकुलपति प्राडा जी डी शर्माले सम्बोधन गर्ने छन् । कार्यक्रमको समाप्ति मन्तव्य भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गर्ने छन् ।
यसैगरी कार्यक्रममा भारतीय विश्वविद्यालय संघका उपाध्यक्ष एवं क्षत्रपति साहुजी महाराज विश्वविद्यालय कानपुरका उपकुलपति विनय कुमार पाठक, अखिल भारतीय तकनीकी शिक्षा परिषदका अध्यक्ष डा. अभय जेरे, राष्ट्रिय मूल्याङ्कन एवं प्रत्ययन परिषद् वेङ्गलुरुका निर्देशक प्रा. गणेशन कन्नविराम, भारतीय कृषि अनुसन्धान परिषद्का निर्देशक डा. आर सी अग्रवाल, भारतीय विश्वविद्यालय संघकी महासचिव डा पंकज मित्तल तथा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले सम्बोधन गर्नेछन् ।विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूल–विषय रहेको उक्त सम्मेलनमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल उपकुलपति थापाले बताए ।