राप्रपा कार्यालयमा कुटपिटबारे प्रहरीले थाल्यो अनुसन्धान
zeenepal
२०८० फाल्गुन २८,
9
Shares
काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवम् सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी वृत्त, महाराजगञ्जमा श्रेष्ठले ठाडो निवेदन दिएको अनलाइनखबरसँग बताए । ‘निवेदन आएपछि कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ’, उनले अनलाइनखबरसँग भने ।प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकृतले भने आवश्यकता अनुसार, आइतबार पूर्वएआईजीसमेत रहेका श्रेष्ठले आवश्यकता अनुसार किटानी जाहेरी समेत दिने बताएका थिए । तर, अहिलेसम्म किटानी जाहेरी भने नआएको उनले बताए ।
आइतबार राप्रपाको कार्यसम्पादन समितिको बैठकमा भएको विवादलाई लिएर श्रेष्ठमाथि उपाध्यक्ष बिक्रम पाण्डेको समूहले कुटपिट गरेको नेताहरु बताउँछन् ।घटनाबारे सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखिएको दृश्यमा श्रेष्ठ अध्यक्ष लिङ्देनको कोठामा प्रवेश गर्न खोजेको देखिन्छ । तर, ढोकामा पुग्दा नपुग्दै ४र५ जनाको समूहले श्रेष्ठलाई मुक्का र लात्ताले हानेको भिडियोमा देखिन्छ ।