काठमाडौँ । विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला परेका छन् । मकवानपुर, संखुवासभा, पाँचथर, अछाम लगायतका जिल्लामा ५ जना मृत फेला परेका हुन् । प्रहरीको दैनिक बुलेटिनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ भुटनदेवी मोड डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका–२ घर भएका ३७ वर्षीय राजकुमार श्रेष्ठ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । उनी सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै अछामको मंगलसेन नगरपालिका–३ बिसाकोट सामुदायिक वनको खोलाको किनारमा ८० वर्षीय जहरी सुनार मृत फेला परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–५ बस्ने सुनार सोमबार मृत अवस्थामा फेला परेका हुन् त्यसैगरी सिरहाको कर्जन्हा नगरपालिका–१ उत्रेणी जाने बाटोस्थित सिचाँई कुलोमा पनि एक पुरुष मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

