
सरकार निर्माणको निर्णायक शक्ति एमाले भएको उल्लेख गर्दै सांसद भट्टराईले सरकारलाई आगामी चार वर्षसम्म अगाडि बढाउने दायित्व एमालेकै भएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चर्चा गरेर वर्तमान सत्ता समीकरणलाई अविश्वासतिर नधकेल्ने पनि बताए ।
उनले भने, ‘नेकपा(एमाले)को समर्थनमा आज १५७ जना माननीयज्यूहरुले विश्वासको मतमा मत दिनुभएको छ । र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले विश्वासको मत पाउनुभएको छ । विश्वासको मत पाउनु भनेको मतलब यो संसद् रहँदासम्म यो सरकार कायम रहन्छ । किनकि यो संसद्को लागि यो लगलग अन्तिम विकल्प हो । त्यसैले अब अर्को कुनै सरकार बनाउने कोसिस हुँदैन ।सांसद भट्टराईले एमालेले प्रधानमन्त्री पदलाई नपर्खिएको बताए ।