काठमाडौं ६ जेठ, । राष्ट्रिय सभा अन्तर्गतको संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायकाबिरुद्ध परेका उजुरीमाथि सुनुवाई गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र द्वय राजदूतहरुविरुद्ध परेको उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताए ।

