काठमाडौं । शिक्षा मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेकी छिन् । मंगलबार सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसँग छलफल गर्दै शिक्षामन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् ।मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण तथा संस्थागत विद्यालयको शुल्क नियमनका लागि प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन् ।उनले भनिन्, ‘अब हामी तीनै तहका सरकारले शिक्षालाई प्राथमिकतामा राखौँ। यस्ता अन्तरक्रियाहरू अझै गरौँ र सबै मिलेर शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गरौँ।’साथै योजनाहरू नदोहोरिने गरी प्रदेश र पालिकाको सुझाव अनुसार सङ्घीय सरकारको नीति तथा कार्यक्रम आउने पनि शिक्षामन्त्री श्रेष्ठले प्रतिबद्धता जनाइन् ।
उनले भने, ‘हामीले निःशुल्क शिक्षा भन्यौँ। लगानी पनि धेरै गर्यौँ तर प्रतिफल आएन। अब नयाँ मोडेलमा जानुपर्छ। प्रदेश सरकारलाई पनि शिक्षामा थप भूमिका दिनुपर्छ।’यस्तै गण्डकी प्रदेशको सामाजिक विकाश मन्त्रालयका सचिव तोयनाथ लम्साल, लुम्बिनीका थानेश्वर ज्ञवाली, सुदूरपश्चिमका गणेश सिंह, मधेस प्रदेशका महेन्द्र महतो र कर्णालीका जवाहरलाल हमालले शिक्षा क्षेत्रमा प्रदेशलाई थप भूमिका दिनुपर्ने र सङ्घीय शिक्षा मन्त्रालयले समन्वयकारी नेतृत्व गर्नुपर्नेमा जोड दिएका थिए ।गत चैत १ गते मन्त्रालयमा ६ वटा महानगरपालिकाका प्रमुख तथा उप-प्रमुखहरूसँग शिक्षामन्त्रीले शैक्षिक क्षेत्र सुधार र समन्वयका लागि सुझाव मागेकी थिइन् ।