
नेता पोखरेलले यो समीकरण पूर्ण कार्यकालसम्म अगाडि बढाउने एमालेको चाहाना भएको पनि बताए । ‘विगतका तिता अनुभव पनि छन् । गएको समयका अवस्थाहरूलाई विश्लेषण गरी हामीले अहिले स्ट्याटेजी बदलेका छौँ’, पोखरेलले भने, ‘हामीले हाम्रो पार्टीको हैसियतअनुसार भागेदारी खोजेका छैनौँ । किनभने हाम्रा लागि राष्ट्र र जनता केन्द्रमा छन् । मुलुकलाई संकटबाट बाहिर निकाल्न चाहन्छौँ ।’