
कुनै प्रदेशमा धेरै र कुनैमा थोरै सवारी कर भयो । यसलाई व्यवस्थित गर्नका लागि समितिबाट निर्देशन भएको छ,’ भुसालले भने, ‘यो विषयमा पहिलादेखि नै छलफल भइरहेको र एकरुपता गर्नका लागि यो निर्देशन भएको हो ।’ ‘सङ्घ, प्रदेश तथा स्थानीय सरकार समन्वय तथा अन्तर सम्बद्धता ऐन, २०७७’ अनुसार विषयगत समिति व्यवस्था गरेको छ ।यो समितिमा छलफल गरेर एकरुपता बनाउनका लागि मार्ग प्रशस्त गर्ने र अघि बढ्ने भन्ने निर्णय भएको छ । यो समितिमा सबै प्रदेश, स्थानीय तह र सङ्घ छन् । जसबाट एकरुपता ल्याउने निर्णय भएको र सोहीबमोजिम निर्देशन भएको भुसालले बताए ।