
भेटमा मन्त्री चौधरीले भनिन्,‘ हामीले कूटनीतिक सम्बन्ध विस्तार गरेको ५० वर्ष पूरा गरेकोमा खुसी लागेको छ । प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकार भनेको हामीले फिनल्यान्डसँग खुसीसाथ साझा गर्ने मूल्यहरू हुन् । दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्न उच्चस्तरीय भ्रमणको आदानप्रदान आवश्यक छ ।मन्त्री चौधरीले सामाजिक–आर्थिक स्थिति, विशेष गरी नेपालको ग्रामीण समुदायहरूको उत्थान गर्ने प्रयासहरूमा फिनल्यान्डको सहयोग नेपालको लागि फलदायी हुने विश्वास व्यक्त गरिन् । साथै उनले कोभिड १९ को कठिन समयमा नेपाललाई सहयोगको हात बढाएकोमा फिनल्यान्ड सरकार र जनतालाई धन्यवाद पनि दिइन् ।