बारा - जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेका अवैध मदिरा भट्टीहरूमा कारबाही गर्दै ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिलीप कुमार थापाको कमान्डमा खटिएको टोलीले अवैध मदिरा भट्टी नष्ट गरेको हो ।
प्रहरीका अनुसार जिल्लाको महागढीमाई नगरपालिका – ३ राम टोलमा र वडा नम्बर – १०, ग्वासटोलमा रहेका घरेलु मदिरा भट्टीहरू नष्ट गरिएको छ ।सो क्रममा प्रहरीले चार लाख ८० हजार रुपैयाँ मूल्य बराबरको आठ हजार लिटर कच्चा पदार्थ र ११५ वटा प्लास्टिकका ड्रम (ठूला तथा साना) ४ वटा मदिरा उत्पादन गर्ने मेशिन समेत नष्ट गरेको छ ।
प्रहरीले अवैध मदिरा उत्पादन तथा बिक्री वितरण रोक्न नियमित कारबाही जारी राख्ने जनाएको हो ।
ADVERTISEMENT
