वीरगञ्ज– वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीस्वरूप जनमत पार्टी निकट जनमत विद्यार्थी संघले संगठन दर्ता गरेको छ। यहीँ चैत ५ गते हुन गइरहेको निर्वाचनमा भाग लिन संगठन दर्ता गरिएको हो।
विद्यार्थी जिल्ला अध्यक्ष वीवेक झा र स्ववियु सभापति उम्मेदवार राज साहको नेतृत्वमा गएको टोलीले संगठन दर्ता गराएको थियो। संगठन दर्तापछि विद्यार्थी अध्यक्ष झाले स्ववियु निर्वाचनमा जनमत विद्यार्थी संघले मजबुत प्रतिस्पर्धा गर्ने दाबी गरे। उनका अनुसार संगठनले निर्वाचनका लागि तीव्र तयारी गरिरहेको छ।
संगठन दर्ता कार्यक्रममा विद्यार्थी नेता एवं कोषाध्यक्ष पदका उम्मेदवार सलमान देवान, विद्यार्थी जिल्ला उपाध्यक्ष अंकित चौधरी, इकाई उपाध्यक्ष निर्मल मिश्रसहित विद्यार्थी नेता आजाद हुसैन, गौतम यादव, आदित्य सरार्फ, अञ्जली साह, सक्षम पटेल लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, पार्टीका तर्फबाट युवा जिल्ला अध्यक्ष उदय यादव, उपाध्यक्ष सिकेन्द्र राम, धिरेन्द्र पन्जियारलगायत नेताहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।
ADVERTISEMENT

