वीरगञ्ज - सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको २१ लाख १६ हजार १०० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।बरामद सामानलाई भन्सार दाखिलाका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले दाबी गरेको छ ।
सशस्त्र प्रहरी बलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंहका अनुसार गत चैत ३० गते विशेष सूचनाको आधारमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२ छपकैया गाउँमा खटिएको विशेष टोलीले उक्त सामान बरामद गरेको हो । भारतबाट भन्सार छली ल्याइएका जुत्ता, चप्पल, काजु, मरीच र मानिसले प्रयोग गर्ने विभिन्न सामान्य औषधिहरू गाउँको गल्लीमा बेवारिसे अवस्थामा भण्डारण गरिएको अवस्थामा फेला परेको थियो ।
बरामद गरिएको सामान आज वैशाख ४ गते (बिहीबार) आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी सिंहले जानकारी दिए । सशस्त्र प्रहरी बलले अवैध चोरी तस्करी नियन्त्रणमा सक्रियता देखाउँदै आएको छ ।
ADVERTISEMENT
