वीरगञ्ज— मधेश विश्व विद्यालयको आयोजनामा आज वीरगञ्जको श्रीपुरस्थित विन्ध्यवासिनी पार्टी प्यालेसमा कानुनी हाजिरी जवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा वीरगञ्जका प्रतिष्ठित शैक्षिक संस्थाहरू — डेसिमल कलेज, वीरगञ्ज कलेज, ज्ञान्दा एकेडेमी, वीरगञ्ज सेन्ट्रल स्कूल, ममता विद्या मन्दिर तथा पर्सा म्यानेजमेन्ट सेन्ट्रल एकेडेमी — को सक्रिय सहभागिता रहेको थियो।
कडा प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न प्रतियोगितामा डेसिमल कलेजले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्यो। ममता विद्या मन्दिर दोस्रो तथा वीरगञ्ज सेन्ट्रल स्कूल तेस्रो स्थानमा रहे।
विजेता समूहहरूलाई मधेश विश्व विद्यालयद्वारा प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा विश्वविद्यालयको कानुन संकायका डीन अञ्जय मिश्रको अध्यक्षता रहेको थियो।
प्रतियोगितामा सहभागी कलेजहरूका प्रतिनिधिहरू, शिक्षकहरू तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रममा कानुनी ज्ञान अभिवृद्धि र प्रतिस्पर्धात्मक क्षमताको विकासमा उल्लेखनीय योगदान पुगेको बताए।
कार्यक्रम मधेश विश्व विद्यालयद्वारा युवाहरूमा कानुनी चेतना र बौद्धिक विकास प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।
ADVERTISEMENT

