सञ्जीवनी अस्पतालद्वारा दशैं, तिहार र छठको अवसरमा कर्मचारीहरूलाई उपहार वितरण
zeenepal
२०८२ कार्तिक १,
12
Shares
नेपालगञ्ज, असोज सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि. अन्तर्गत सञ्चालित नेपालगञ्जस्थित सञ्जीवनी अस्पतालले यस वर्षको महान् चाड दशैं, दीपावली (तिहार) तथा छठ पर्वको अवसरमा अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई उपहार वितरण गर्दै पर्वको उल्लास थपिदिएको छ। अस्पतालका माननीय म्यानेजिङ डाइरेक्टर श्री सन्तोष कुमार खनाल, मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किद्वाई, र फाइनान्स प्रमुख सि.ए. दिल्ली भुसालको अगुवाइमा सम्पन्न उक्त कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो । उक्त कार्यक्रममा अस्पतालका सम्पूर्ण कन्सल्टेन्ट डाक्टर, मेडिकल अफिसर, प्रशासन शाखा, म्याट्रोन, नर्सिङ सुपरभाइजर, नर्सिङ स्टाफ, इन्चार्ज, प्यारेमेडिक्स स्टाफ तथा सबै विभागका कर्मचारीहरूलाई सम्मानपूर्वक उपहार प्रदान गरिएको थियो । यस अवसरमा अस्पताल परिवारका तर्फबाट तिनैजना नेतृत्वकर्ताहरू—खानाल सर, डा. किद्वाई सर र सि.ए. भुसाल सरप्रति विशेष आभार व्यक्त गरिएको छ। कर्मचारीहरूप्रतिको सम्मान, प्रेरणा र हौसला प्रदान गर्ने यस्तो सकारात्मक कदमले सम्पूर्ण अस्पताल परिवारमा उत्साह थपिएको बताइएको छ। कार्यक्रममा सहभागी कर्मचारीहरूले यस्तो पहलले आफ्नो योगदानलाई मूल्यांकन गरिएको महसुस गराएको भन्दै खुसी व्यक्त गरेका थिए। सञ्जीवनी अस्पताल परिवारको तर्फबाट सम्पूर्णमा आगामी चाडपर्वहरूको सुखद, सुरक्षित र समृद्ध अवसरको हार्दिक शुभकामना व्यक्त गरिएको छ ।कर्मचारी लगायत वडा नम्बर १८ का दीपक कुमार वर्मा समेत उपहार प्रदान गरिएको छ ।