वीरगञ्ज — पर्सा जिल्लाको वीरगञ्ज–१२ मुर्ली (नयाँटोल) स्थित वीरगञ्ज गोल्डेन गेट एकेडेमीले ७औँ SEE ब्याच २०८२ का विद्यार्थीहरूलाई सम्मानपूर्वक विदाइ गर्न भव्य कार्यक्रम आयोजना गरेको छ। शनिबार बिहान ११:०० बजे सुरु भएको उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
कार्यक्रमका सभापति विद्यालयका संचालक तथा प्रधानाध्यापक श्री शेख अजहर रहनु भएको थियो, जो नेशनल प्याब्सनका सचिव, एडुकाया इन्टरनेशनल कन्सलटेन्सी तथा रोजगार वीरगञ्ज जब सेन्टरका संचालक समेत हुनुहुन्छ। उहाँले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई अनुशासन, मेहनत र लक्ष्यप्रति समर्पित हुन प्रेरणा दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि डेसिमल कलेजका संचालक श्री सन्नी दुबेले विद्यार्थीहरूलाई उच्च शिक्षा र उज्ज्वल भविष्यका लागि प्रेरणादायी मन्तव्य दिनुभयो।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथिहरूमा नेशनल प्याब्सनका अध्यक्ष जियालाल गुप्ता, प्याब्सनका अध्यक्ष राहुल श्रीवास्तव, हिसानका अध्यक्ष मुकेश गुप्ता, बि.क्यानका अध्यक्ष नबिन कार्की, एडुकायाका संचालक अमन गुप्ता, निम्सका संचालक अजय यादव लगायत शौकत अली, गौतम श्रीवास्तव, श्रीमती शाइस्ता प्रविन, विजय कुमार बल, दिपु बर्नवाल, बिश्वास सह र सुरेन्द्र यादवको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात आलिया प्रविनको स्वागत मन्तव्यबाट गरिएको थियो। त्यसपछि विद्यार्थीहरूले स्वागत नृत्य, झिझिया नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
कार्यक्रममा उपस्थित प्रमुख तथा विशिष्ट अतिथिहरूले आ–आफ्नो मन्तव्य राख्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना दिएका थिए। उनीहरूले परिश्रम, सीप विकास र नैतिक मूल्यहरूको महत्त्वमा जोड दिएका थिए।
उक्त विदाइ कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको थियो, जसले विद्यार्थीहरूलाई नयाँ यात्राको लागि प्रेरणा र अविस्मरणीय सम्झना प्रदान गरेको छ।
ADVERTISEMENT

