विराटनगर । सोमबार कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बसेको छ । मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले प्रदेशको विकास र प्रशासनसँग सम्बन्धित विभिन्न निर्णयहरू गरेको छ ।बैठकले विपत् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३ लाई स्वीकृत गरेको छ । यसैगरी प्रदेश बीउबिजन नियमावली र प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८३ लाई समेत बैठकले स्वीकृति प्रदान गरेको छ ।मन्त्रिपरिषद्ले उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतका निकायहरूका लागि आगामी आर्थिक वर्षको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । साथै, वृहत् विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनोटका लागि सिफारिस समिति गठन गर्ने निर्णय भएको छ । बैठकले २०८२ भदौ २३ र २४ गते भएको घटनामा आगजनी तथा तोडफोडबाट क्षति भएका सवारी साधन र मेसिनरी औजारहरू लिलामी बिक्री गर्ने प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।
ADVERTISEMENT

