काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको सपथ लिएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए ।
नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका उपेन्द्र यादवले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
जसपा नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट यादव मन्त्री नियुक्त भएका हुन् । उक्त दलबाट वनमन्त्रीमा नवल किशोर साह सुडी रहेका छन् ।