वीरगञ्ज - वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीका जनतासँग प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले भेटघाट गरेका छन् ।
पर्साको क्षेत्र नम्बर २ (ख) बाट पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार कुर्मीले सुगौलीका जनताको घरदैलोमा पुगेर मत मागेका हुन् । मंसिर ४ गते हुने प्रदेश एवम् प्रतिनिधि सभा सदस्यको निर्वाचनमा आफुलाई साइकल छापमा मतदान गरेर निर्वाचित गराउन उनले अपिल गरेका हुन् ।
सुगौलीका मतदाताले पनि कुर्मी जनप्रिय एवम् विकासप्रेमी नेता भएको बताउँदै उनलाई नै मत दिने प्रतिक्रिया दिएका छन् ।
निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका कुर्मीले आफ्नो कार्यकालमा थुप्रै विकास निर्माणदेखि सामाजिक परिवर्तनका कामहरु पनि गरेको भन्दै उनलाई फेरी अवसर दिनुपर्नेमा मतदाता सहमति देखिन्छन् ।
घरदैलो अभियानलाई तिव्रता दिएका कुर्मीले आफुले विकास र परिवर्तनका लागि थुप्रै योजनाहरु सोचेको बताए ।
ADVERTISEMENT