इटहरी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बाटुली कति राम्रो पुतलीको’ संज्ञा दिएका छन् । शनिबार इटहरीमा एमाले आयोजना गरेको आसभालाई सम्बोधन गर्दै उनले गठबन्धन धेरै पार्टी जोडिएर बनेकाले यसले कुनै ठोस काम नगर्ने दावी गरे । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप उनले लगाएका छन् ।
एक्लै वडा स्तरमा नै चुनाव लड्न नसक्नेले देश कसरी चलाउन सक्लान् भन्दै उनले प्रश्न गरेकाछन् । उनले अहिलेको गठबन्धन गन्तव्यहिन र दृष्टिकोण विहिन बनेको आरोप लगाए । साथै उनले आगामी आम निर्वाचनबाट एमालेकै नेतृत्वमा सरकार बन्ने दावी गरे । साथै गठबन्धनका दललाई उनले मकिएका मकैको ढोडको संज्ञा दिएका छन् । जसलाई काँग्रेसले टेकेर हिँडेका कहि न कहि दुर्घटना हुने निश्चित रहेको उनको ठोकुवा छ ।
यस्तै अध्यक्ष ओलीले एमालेले जाती, धर्म, लिङ्ग र सम्प्रदायका आधारमा राजनीति नगर्ने प्रष्ट्याए । अध्यक्ष ओलीले काँग्रेसले २७ वर्षसम्म नेपालको शासन गर्दा पनि कुनै विकासको खास काम गर्न नसकेको आरोप लगाए । यस्तै एमालेको सरकार जाने वित्तीकै देशमा आर्थीक मन्दि छाएको भन्दै उनले एमाले ‘सहकालको देवता’ भएकाले पुनः निर्वाचन जितेर ‘लक्ष्मी फर्काउने’ र आर्थिक दुरावस्थालाई सुधार्ने दावी गरे।