दाङ २ जेठ, । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।पछिल्लो साढे ११ बजेसम्मको मतपरिणाम अनुसार घोराहीमा गठबन्धनको अग्रता तोड्दै एमाले १ हजार २१९ मतले अगाडि छ । एमालेका मेयर उम्मेदवार नरूलाल चौधरीले ११ हजार ४६० मत ल्याएका छन् भने गठबन्धन तर्फबाट माओवादीका हेमराज शर्मा (डायमण्ड)ले १० हजार २४१ मत ल्याएका छन् । एमालेका चौधरीले मतान्तर बढाउँदै लगेका छन् । यसअघि घोराहीमा गठबन्धनले अग्रता कायम गर्दै आएको थियो ।
अहिले वडा. नं. २, १२, १३, १६, १७ मा मतगणना जारी छ । अहिलेसम्म १९ वटा वडामध्ये चार वडामा मतगणना सम्पन्न भइसकेको छ । जसमा एमालेले तीनवटा वडा जितेको छ भने गठबन्धबाट कांग्रेसले एउटा वडा जितेको छ ।
ADVERTISEMENT