काठमाडौँ । विगत पाँच महिनादेखि रोकिएको विद्यालय शिक्षा विधेयककमाथि छलफल सुरू भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बुधबारदेखि छलफल थालिएको हो हाल विधेयकमाथि संशोधन हालेका संशोधनकर्तासँग समितिले छलफल थालेको हो । यसअघि संशोधन हालेका मध्ये १८ जना संशोधनकर्तासँग समितिले छलफल गरेको थियो । समिति सभापति अम्मरबहादुर थापाले विधेयकमाथि संशोधनकर्तासँगको छलफल सुरू गरिएको बताए ।
विधेयकमाथि छलफलका क्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले विधेयक दुई वर्षमा पनि पुरा गर्न नसक्ने बताएका थिए । त्यसपछि सभापति थापाले चाँडो टुङ्ग्याउन समितिले पहल गर्ने बताएका थिए । समितिले आज पनि संशोधनकर्तालाई छलफलका लागि बोलाएको छ ।विद्यालय शिक्षा विधेयक २०८०’ गत वर्षको भदौं २७ गते संसद्मा दर्ता भएको थियो । संसद्ले दफावार छलफलका लागि समितिमा पठाएको थियो । उक्त विधेयकमा १ सय ५२ वटा संशोधनकर्ताले संशोधन हालेका थिए ।

