उद्योग वाणिज्य संघको (बस्तुगत) सदस्यमा गुरुङ, पौडेल र श्रेष्ठ निर्वाचित
zeenepal
२०८० भाद्र ३,
3
Shares
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सम्बद्ध (बस्तुगत) तर्फको सदस्यको अन्तिम परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार सम्बद्ध (बस्तुगत) सदस्यमा १६ मत प्राप्त गरी किसन गुरुङ र समान १५/१५ मत प्राप्त गरी हिमनाथ पौडेल र विनय श्रेष्ठ निर्वाचित भएका हुन् ।
पौडेल र श्रेष्ठ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट उम्मेदवार बनेका थिए, भने गुरुङले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । संघको बस्तुगततर्फ २९ मतदाता रहेका थिए ।नेपालगन्ज रंगशालामा संघको सदस्य पदको मतगणना अहिले चलिरहेको छ । सदस्य पदको मतगणना पश्चात पदाधिकारीको गणना गरिने निर्वाचन अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए ।