प्रधान सेनापति शर्मा र भारतीय लेफ्टिनेन्ट जनरल नायरबिच भेटघाट
zeenepal
२०८१ बैशाख ५,
9
Shares
काठमाडौँ । भारतीय लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् । भेटका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।जनरल नायरको भ्रमणका क्रममा भएको यो छलफलले दुई मुलुकबिचको सैन्य सम्पर्कलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिइएको छ ।
दुवै देशका सेनाहरूबिच लामो समयदेखि नै राम्रो सम्बन्ध रहिआएको छ भने जंगी अड्डामा भएको यो भेटले उक्त सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।भारतीय लेफ्टिनेन्ट जनरल नायर ३ दिनअघि नै स्वदेश फर्किसकेका छन् ।