काठमाडौं । नेपाली कांग्रेसले आगामी चैतमा हुने स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल सुरु गरेको छ ।काठमाडौं उपत्यकाका क्याम्पसबाट स्ववियु सभापति र सचिव जितेकालाई बोलाएर आसन्न स्ववियु निर्वाचनबारे कांग्रेसले छलफल अगाडि बढाएको हो ।नेविसंघ महाधिवेशनको समन्वय र सहजीकरणका लागि पार्टीबाट गठित निर्देशक समितिले गत स्ववियुमा निर्वाचित विद्यार्थी नेताहरूसँग बुधबार छलफल गरेको हो ।स्ववियु निर्वाचन गराउने वातावरण बनाउन र क्याम्पसहरूमा नेविसंघको अवस्थाबारे छलफल भएको पार्टी केन्द्रीय सदस्य एवं निर्देशक समिति सदस्य प्रतिमा गौतमले जानकारी गराइन् ।
ADVERTISEMENT

