स्थानीय सरकार लगाम बिनाका घोडा भए : कांग्रेस सांसद गौतम
zeenepal
२०८० आश्विन १०,
18
Shares
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले स्थानीय सरकार प्रतिपक्ष विहीन हुँदा समस्या भएको टिप्पणी गरेका छन् ।प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्थानीय सरकारलाई नियन्त्रण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने सांसद गैतमको प्रस्ताव छ ।हामीले कल्पना गरेको भन्दा बाहिरको परिस्थिति मैले स्थानीयस्तरमा देखेको छु । स्थानीय सरकारलाई जवाफदेही बनाउन आवश्यक छ’ सांसद गौतमले बुधबार सार्वजनिक लेखा समितिको बैठकमा भने ।सार्वजनिक लेखा समितिको बैठकमा आगामी दिनका छलफल के कस्ता विषयमा हुन सक्छन् भन्ने विषयमा गरेको छलफलमा भाग लिँदै सांसद गौतमले स्थानीय सरकारका सम्बन्धमा छलफल गर्नुपर्ने बताएका हुन् ।
त्यो स्थानीय सरकार लगाम नभएको घोडा जस्तो भयो । कसले त्यसको नियन्त्रण गर्ने हो ? प्रदेशले गर्ने हो कि, संघले गर्ने हो कि ! उसको जवाफदेहिता कहाँ हुने ?’ सांसद गौतमको प्रश्न छ ।स्थानीय सरकारमा प्रतिपक्ष नहुँदा पनि समस्या भएको उनलाई लाग्छ ।
एकातिर त्यसलाई हामीले सरकार भन्यौं त्यो सरकारमा प्रतिपक्ष छैन, ऊ स्वेच्छाचारी छ । अर्कोतिर हामीले तीन तहको सरकार भन्यौं, त्यसकारण नियन्त्रण छैन । यो कुरालाई लेखा समितिले गम्भीरतापूर्वक उठाएर अगाडि बढ्नुपर्छ’, सांसद गौतमले समितिमा छलफलका लागि प्रस्ताव गरे ।कांग्रेस सांसद गौतमले उठाएको विषयलाई गम्भीरतापूर्वक लिइएको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।यसलाई हामीले गम्भीरतापूर्वक एजेण्डाकै रुपमा छलफल गर्नेछौं’ सभापति पोखरेलले समितिको बैठकमा भनेका छन्, ‘यति मात्रै हो माननीयज्यूहरु छलफलका निम्ति, समयका निम्ति तयार हुनुपर्छ ।’