काठमाडौँ ।नेपाल वायुसेवा निगमले ग्राउन्डेड विमान उडान सुरु हुनेबारे जानकारी गराएको छ । निगमका वाइडबडी तथा न्यारोबडी विमानको मर्मत सम्पन्न गरी नियमित उडानबारे जानकारी गराएको हो । सबै जहाज ग्राउन्डेड अवस्थामा रहेको निगमले विमानको मर्मत र सञ्चालनबारे जानकारी गराएको हो । यसअन्तर्गत दुईवटा वाइडबडी विमानहरूमध्ये एउटा विमान ९एन–एएलडेजले अहिले पनि नियमित उडान गरिरहेको छ । अर्को विमान ९एन–एएलवाईको पार्टपुर्जा बिहीबार बेलायतबाट आएकाले मर्मतपश्चात बिहीबार नै काठमाडौँ–दिल्लीको उडान गर्ने जनाइएको छ ।
न्यारोबडी विमानहरूमध्ये एउटा ९एन–एकेडब्ल्यु चीनको सेन्याङबाट १ मार्च २०२५ का दिन काठमाडौँ आइपुग्ने र नियमित उडान हुने जनाइएको छ । कस्टम क्लियरेन्सको प्रक्रियामा समस्या आएको र उडान अनुमति पुनः लिनु परेकोले सो विमान आउन ढिला भएको भन्दै यसको कारण अध्ययन गरी यथार्थ विवरण दिन तथा कहीँ कसैको कमजोरी पाइएमा कर्मचारी, मेन्टिनेन्स एण्ड रिपेयर अर्गनाइजेसन र एजेन्ट समेतलाई कानुनी प्रक्रिया अनुसार कारबाहीको सिफारिस गर्न फागुन ११ गते नै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले तीन सदस्यीय छानबिन समिति गठन गरेको निगमले जनाएको छ ।
अर्को न्यारो बडी विमान ९एन–एकेएक्सको नोज ल्यान्डिङ गियर मर्मतको लागि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी दिल्लीस्थित एयर इन्डिया इञ्जिनियरिङ सर्भिसेस लिमिटेडमा मर्मत गराउने योजना अनुरुप नेपाल नागरिक उडड्यन प्राधिकरणबाट काठमाडौँ–दिल्ली फेयरी फ्लाइटको अनुमति मागिएको र उक्त अनुमति हुनासाथ दिल्लीतर्फ जाने र आवश्यक मर्मतपश्चात् आगामी १ मार्चदेखि नियमित उडानमा निगमले जनाएको छ । त्यसैगरी निगमको आन्तरिक उडानमा प्रयोग हुने एउटा ट्वीनटर विमान ९–एबीयूमा आवश्यक इञ्जिन इन्टलेसनपछि ४ मार्चबाट उक्त विमान नियमित उडानमा जानेछ निगमले जनाएको छ । दोस्रो ट्वीनटर विमान एन–एबीटीको पनि इञ्जिन इन्टलेसन मार्च ११ देखि उडान नियमित गर्ने निगमले जनाएको छ ।

