
पहिलो चरणमा सात वटा जिल्लामा कार्यक्रमहरू गर्ने, त्यसपछि आन्दोलनको एउटा स्वरूप तयार गरी त्यसमा लाग्ने उनले जानकारी दिए । ‘अन्ततः गर्ने आन्दोलन नै हो, तर अहिले त्यसको तयारी भइरहेको छ ।’ उनका अनुसार असार २८ गते काठमाडौँमा बागमती प्रदेशको विशाल कार्यक्रम हुनेछ । त्यो कार्यक्रमले पनि एउटा सन्देश दिने उनले बताए । नेपालमा पटक–पटकका संघर्ष र राजनीतिक परिवर्तन भए पनि सबै ठाउँमा एकल जातीय वर्चस्व, सामन्तवादी चिन्तनले दलित, पिछडावर्ग, थारू, आदिवासी जनजाति र अल्पसङ्ख्यक समुदायहरूमाथि असमानता कायम रहेको उनको भनाइ थियो ।
राजनीतिक, आर्थिक र सामाजिक बहिष्करण तथा सीमान्तीकरण भनेको ऐतिहासिक, सामाजिक र संरचनागत असमानताको परिणाम हो,’ जसपा नेपालले भनेको छ । राज्यबाट बहिष्करणमा पारिएका समुदायको अधिकार र न्याय प्राप्तिका लागि भइरहेको आन्दोलनहरूप्रति ऐक्यबद्धता जनाउने र आवश्यक कार्य गर्ने परिसंघका संयोजक पासवानले बताए । पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रतिनिधिसभा र राष्ट्रियसभामा समान जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था र स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र रहने व्यवस्था गराउन पनि आन्दोलन गरिने उनको भनाइ थियो ।