काठमाडौँ । सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । बैठक स्थगित गरेर नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता हुने तयारी थियो ।तर,मन्त्रिपरिषद् बैठक स्थगित गरिएपनि देउवा बालुवाटार नआएको स्रोतले बतायो । शीर्ष दुई दलबिच गभर्नर नियुक्तिको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ ।
ADVERTISEMENT

