काठमाडौँ । प्रतिनिधिसभाबाट पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गणेशबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतीले पारित गरेको हो । खड्का भौतिक पूर्वाधार र स्थानीय विकास राज्यमन्त्री बनेका थिए । उनी २०४८, २०५१ र २०६४ सालमा दैलेखबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनको आज बिहान निधन भएको हो ।
ADVERTISEMENT

