काठमाडौं ७ असार।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले मन र मष्तिस्कको सन्तुलन नै योग भएको बताए । उनले भने, “आम नागरिक निरोगी बन्न तथा मन र मष्तिस्कको सन्तुलन कायम गर्न योग गर्न आवश्यक छ, मानव जीवनमा योगको अत्ति नै आवश्यक रहेको छ ।”
ADVERTISEMENT