काठमाडौँ । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट विचौलियाको स्थार्य हेरेर आएको आरोप लगाएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेस गरेको बेजटबारे प्रतिक्रिया दिँदै उनले यो बजेटले देशलाई बर्बाद गर्ने बताए । बजेट वितरण हेर्दा नेतामुखि देखिन्छ । विचौलीयाको इन्ट्रेसलाई हेरी हेरी यो बजेट बनाइएको छ । म विश्वासका साथ भन्छु यस बजेटले देशलाई बर्बाद बनाउँछ’उनले भने ।
ADVERTISEMENT

