काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले उनीविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरेको हो ।
ADVERTISEMENT

