थापाले करिब १ घण्टा ५ मिनेटको पत्रकार सम्मेलनसम्म देशमा भएका विभिन्न काण्डैकाण्डका बारेमा बढि चर्चा गरिरहेका थिए तर आफ्नो पञ्चायत कालदेखि गणतन्त्रसम्म गरेका राम्रा उपलिब्ध भने बताएनन् ।तर उनले करिब ४० मिनेट सम्म सरकार र प्रतिपक्ष दलका केही नाम उल्लेख गरी भ्रष्ट, घुसखोरी, भष्टाचारी, सरकारी जग्गा अपचलन लगायत दर्जनौ बढि काण्डहरुका बारेमा जानकारी दिएका थिए । थापाले प्रदेश खारेजी र हिन्दु राष्ट्रनिर्माण गर्ने मुख्य दुई एजेण्डा बोकेको देखिन्छ ।
थापाले राप्रपा राजेन्द्र लिङदेलले फुटाएको ठोकुवा गरे । आफुले ‘गिताको कमस खाएर’ राप्रपा फुटाउँदिन भनेकै छु, तर धार्मिक मान्यता हुनुपर्छ भन्ने हामीले त्यो गलत गरेका छैनौ ।’ उहाँले बाह्य शक्तिको प्रयोग भएपछि बाध्यता परेपछि राप्रपा फुटेको उनले स्वीकारे ।पत्रकार सम्मेलनमा कोहलपुर एफएम, प्रतिबोध एफम, मिसन टुडे, कोहलपुर टुडे लगायत अन्य मिडिया हाउसका पत्रकारहरुको उलेख्निय सहभागिता रहेको थियो ।
