नेपालगञ्ज ३१ जेठ।होटल व्यवसायी संघ बाँके नेपालगञ्जको अध्यक्ष पदमा रंगबहादुर खड्का सर्वसम्मत भएका छन् । यसअघि दुई प्यानलको उम्मेदवारी दर्ता भएपनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिइएपछि सर्वसम्मत रुपमा कार्यसमिति निर्वाचित भएको हो ।
निर्वाचन अधिकृत अधिवक्ता बसन्त गौतमका अनुसार, संघको वरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बु, उपाध्यक्षमा घनश्याम थापा, महासचिवमा प्रेमबहादुर शाह, सचिवमा विष्णुप्रसाद पोखरेल, कोषाध्यक्षमा लक्ष्मीराज्य शाही, सहकोषाध्यक्षमा केशवकुँवर योगी सर्वसम्मत निर्वाचित भए ।
त्यस्तै, सदस्य पदमा विनोद श्रेष्ठ, धुमबहादुर क्षेत्री, धिरेन्द्र शाही, विष्णु शाही, दीपा ओली सर्वसम्मत भएको निर्वाचन अधिकृत अधिवक्ता गौतमले जानकारी दिए ।
ADVERTISEMENT