काठमाडौं । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक एसएसपी को ११ दरबन्दी रिक्त भएको दुई साता बितेको छ । १६ जेठमा ११ एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएसँगै रिक्त भएको ११ एसएसपी पदमा दुई साता बित्दा पनि बढुवा सिफारिस हुन सकेको छैन ।
डीआईजीको बढुवा भएलगत्तै एसएसपीमा बढुवा गर्ने बताइए पनि अहिलेसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । एसपीबाट एसएसपीमा बढुवाका लागि गृहसचिवको नेतृत्वको सिफारिस समिति हुन्छ । तर गृह सचिव गोकर्णमणि दुवाडी देश बाहिर रहेकाले तत्कालै बढुवा हुने सम्भावन अझै छैन ।
त्यस्तै ऋषिराम कडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रप्रसाद सिंह, श्यामसिंह चौधरी,नकुल पोखरेल, पदमबहादुर बिष्ट, सुवासचन्द्र बोहरा, बासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रमेश पण्डित बढुवाको प्रतिस्पर्धामा छन् ।उनीहरुबाट ११ जना एसएसपी बढुवाका लागि सिफारिस हुनेछन् । त्यसपछि डीएसपीबाट एसपी बढुवाको बाटोे खुल्नेछ ।
ADVERTISEMENT

