बाँके असार ।सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य पत्थर जडित गहनामा लगाइएको १३ प्रतिशत भ्याट हटाउने माग गर्दै आन्दोलनमा रहेका बाँकेका सुनचाँदी व्यवसायीले बुधबार मोटरसाइकल ¥याली निकालेक थिए। असार १३ गतेदेखि आफ्ना सबै पसल व्यवसाय बन्द गरेर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले गत बुधबारबाट रिले अनशनसमेत सुरु गरेका थिए।
बुधबार विभिन्न नारा लगाउँदै नेपालगन्ज, खजुरा र कोहलपुरमा मोटरसाइकल ¥याली प्रदर्शन गरेका हुन्।नेपालगन्ज सुन चाँदी व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष सलाहुद्दिन जसगढले ठुलो सङ्ख्यामा मोटरसाइकलमा निस्केका व्यवसायीले नाराबाजीसहित नेपालगन्ज, खजुरा र कोहलपुर नगरपरिक्रमा गरेको बताए।
ADVERTISEMENT

