नेपालगन्ज, असार – लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्ज रंगशालाको सोमवार अवलोकन गर्नु भएको छ ।उक्त अवसरमा मन्त्री अग्रवालले रंगशाला परिसरमा रहेको अन्य संरचना समेतको अवलोकन निरीक्षण गर्नुभयो । सो क्रममा मन्त्री अग्रवालले रंगशाला परिसरमा रहेको कबर्ड हल, स्विमिङ पुल, शुटिङ रेन्ज लगायतको निरीक्षण गरि अवस्थाको बारेमा जानकारी लिनुभयो ।
क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले हालसम्म सम्पन्न पूर्वाधार निर्माण कार्यहरूको जानकारी गराउँदै भौतिक संरचनाको संरक्षण तथा थप विकासका लागि प्रदेश सरकारबाट सहयोगको आग्रह गर्नुभयो । अवलोकनपछि आर्थिक मामिला तथा कानुनमन्त्री अग्रवालले खेलकुद क्षेत्रको भौतिक पूर्वाधारको विकास र खेलाडीहरुको समस्याको लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ADVERTISEMENT

