
उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखामा कार्यरत फोन रिसेप्सनिष्ठ श्रवणकुमार शुक्ला र कार्यालय सहयोगी शिवराज शाहीलाई नेरेसो प्रचलित कर्मचारी सेवा नियमावली अनुसार जेष्ठ महिनामा अनिवार्य अवकाशमा जानु भएकाले निजहरुलाई टिका, माला, खादा, दोसल्ला ओढाई कदरपत्र सहित विदाई गरिएको थियो । कार्यक्रममा शाखा सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपनिर्देशक दोलखबहादुर डाँगी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

