काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् । इकोसकको अध्यक्षमा नेपाल निर्वाचित भएको पहिलोपटक हो ।विहीवार इकोसकको अध्यक्षता सम्हाल्दै राजदूत थापाले यो नेपालका लागि ऐतिहासिक क्षण भएको बताए । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको ७० वर्षको अवधिमा मुलुकले बहुपक्षीयताप्रति देखाएको दृढ प्रतिबद्धतालाई यो निर्वाचननले प्रतिविम्बित गरको थापाले बताए ।
यो निकायले कोही पनि पछि नछुट्ने कुराको सुनिश्चितता गर्दै विश्वको विकास एजेन्डा निर्धारण गर्ने काम यो निकायले गर्नुपर्ने थापाले बताए ।इकोसोक हामी सबैको ठाउँ हो । यसमा संयुक्त राष्ट्रसंघका सबै सदस्य तथा सरोकारवालाको समर्पण, सहभागिता र सक्रिय संलग्नता आवश्यक छ,’ उनले भने ।थापासँगै आगामी वर्षका लागि चार उपाध्यक्षहरू पनि निर्वाचित भएका छन्, जसमा अल्जेरियाका अमार बेन्डजामा, स्पेनका हेक्तर गोमेज हर्नान्डेज, डोमिनिक गणतन्त्रका वेलिङ्टन डारिओ बेन्कोसमे कास्टानोस र आर्मेनियाका परुयर होभानिस्यान छन् ।
ADVERTISEMENT

