
मन्त्रालयका अनुसार मण्डलले कोलम्बो प्लान अन्तर्गत अलिगड मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र रुड्की विश्वविद्यालयबाट जलविद्युत् तथा व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको जिम्मेवारीका ३ उपसचिव (सिडिई) लाई सहसचिवमा बढुवा गरी जिम्मेवारी तोकेको छ । सहसचिवमा बढुवा हुनेमा मीनराज ढकाल, शंकरबहादुर थापा र राजेन्द्रप्रसाद शर्मा छन् । उनीहरूलाई क्रमशः प्राथमिकता प्राप्त आयोजना, कर्णाली बेसिन आयोजना र नौमुरे आयोजनाको प्रमुखको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।