काठमाडौँ । मुख्यसचिव एक नारायण अर्यालले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ऐन बनेर कर्मचारीको हात–हातमा नआउँदासम्म ‘कुलिङ अफ पिरियड’ राख्न हुँदैन भनेर लागिरहने बताएका छन् सङ्घीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई दिएको बयानमा मुख्यसचिव अर्यालले ऐन नबन्दासम्म आफू कुलिङ अफ पिरियड राख्न हुँदैन भनेर लागिरहने बताएका हुन् ।
उनले विधेयकमा यो प्रावधान नराख्न विभिन्न व्यक्तिहरूलाई भेटेको पनि बयानका क्रममा स्वीकारेका छन् । प्रतिनिधिसभामा आज प्रस्तुत समितिको प्रतिवेदनमा राखिएको उनको बयानमा लेखिएको छ, ‘यो विधेयक ऐन नबनेसम्म राज्य हुँदैन भनेर लागिरहन्छु । प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र पुष्प कमल दाहाल “प्रचण्ड” समेत समक्ष कुलिङ अफ पिरियड राख्नु हुँदैन भन्ने माग राखेकै हो ।कुलिङ पिरियड राख्ने त्रुटि सच्याउनु पर्ने उनले बताएका छन् । कर्मचारीहरूप्रति विश्वास नगरी विश्वासको खोजीतिर लाग्दा समस्या आएको अर्यालको भनाइ छ ।
ADVERTISEMENT

