कपिलवस्तु , कार्तिक । जिल्लाकाे सुठाैली भन्सारमा सेटिङ्ग हुँदै मालसामान पैठारी भएपछि राज्यकाे लाखौंकाे राजस्व चाेरी भईरहेकाे छ। भारतबाट पैठारी हुने मालसामानमा कम ताैल देखाई भन्सार गरिएका मालसामान प्रहरिले दिन्हु बरामद गरिरहेकाेे छ।
विशेष सुचनाकाे आधारमा कपिलवस्तु प्रहरीले कार्तिक २७ बिहिबार जिल्लाकाे मायादेवी गाउंपालिका वडा १ बाट बिल बिजक भन्दा फरक तथा बढी परिणामकाे बासमती चामल बरामद गरेकाे छ । प्रहरीले एचआर६९ इ ९०३९ नम्बरकाे भारतीय टेलरमा ४२ हजार केजी चामल बरामद गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी गराउनुभएकाे छ। त्यस्तै युपी ५१ बि टी ३९३२ नम्बर टेलरमा पाेल्ट्री फिड तथा एचआर ५८ बी ८६८७ बाट ४२ सय केजी साेया डक बरामद गरि राजस्व अनुसन्धान केन्द्र बुटवल पठाईएकाेे प्रहरी स्राेतले जनाएको छ ।

