काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पाका एवं अनुभवी नेता अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन् ।कास्कीको पोखरामा शुक्रबार आयोजित पार्टीको गण्डकी प्रदेश समीक्षा बैठकलाई सम्बोधन गर्दै शर्माले केसीले अब दलको नेताबाट राजनेता बन्ने मार्ग अपनाउनु समयानुकूल हुने सुझाएका हुन् । केसीले संसदीय दलको नेता बन्ने आकांक्ष राखिरहेको समयमा उपसभापति शर्माको यस्तो भनाइ आएको हो ।२०४८ सालकै संसद्को अनुभवी व्यक्तित्व केवल अर्जुननरसिंह केसी मात्र हुनुन्छ । उहाँ सबैभन्दा ज्येष्ठ पनि हुनुन्छ । सबैभन्दा अनुभवी युवा ऊर्जा बोकेको योग्य व्यक्तित्व हुनुन्छ l त्यसैले हामीले उहाँलाई केवल कांग्रेसको मात्रै संसदीय दलको नेताका रूपमा होइन, सबै दलको एक साझा अभिभावकका रूपमा हेर्न चाहेका छौं,’ उनले भने ।
ADVERTISEMENT

