काठमाडौं । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।कार्यसम्पादन समितिको बैठक ९ मंसिरमा बस्ने गरी बोलाइएको छ । मुलुकको पछिल्लो अवस्था, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण लगायतमा छलफल हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी गराए । बैठकमा पार्टी अध्यक्ष थापाले भावी योजना र रणनीति प्रस्तुत गर्ने राप्रपा नेपालले जानकारी गराए ।
ADVERTISEMENT

